नाटक "कुमारजी आज्ञा गर्नुहुन्छ"

17 Apr, 2015 5:15 pm - 9 May, 2015 5:15 pm
Venue: 
Sarwanam Theatre

मञ्चीय संक्षेप

 

अत्यधिक नेपाली घरमा हरेक बर्ष श्रद्धाले पढिने स्वस्थानीको कथामा उल्लेख छ – सत्तरी वर्षको बृद्धको सात बर्षीया गोमास“ग विवाह । अनमेल विवाह । त्यो अनमेल विवाह सायद अन्त्य भइसकेको छ तर हर दिन कतै न कतै त्यो परम्परा वलात्कारमा अनुवाद भइरहेको छ । वलात्कार – बालबालिकाको वलात्कार, युवती र वृद्धाको वलात्कार । अखवारका पन्नाहरुमा यत्रतत्र छरिएका छन् । एकाइसौ“ शताव्दीको अत्याधुनिक प्रविधियुक्त यो समय विकासको गतिले चरम सीमा लिएको छ । दुर्भाग्य – हाम्रो सन्दर्भमा भने ठीक विपरीत छ । मानवीय संवेना हराएको अवस्था अझै उस्तै छ । गोमा, गोमा र गोमाहरुको अस्मिता उपहास भइरहेको यथार्थलाई प्रस्तुत नाटकमा रेखाङ्कित गर्न खोजेका छौ“ । यत्रतत्र गोमाहरु कालो आकासले थिचिएका छन् । हामी भन्छौ“ अब गोमाहरु जाग्नुपर्छ , उठ्नुपर्छ र यो काला विचारहरु , काला सोचहरु र काला आकासहरुको अन्त्य हुनुपर्छ । सायद अलि कठोर लाग्न सक्छ दर्शकलाई । सर्वनामले एकपल्ट यस्तै सोचलाई प्रस्तुत गर्ने जमर्को गरेको छ । स्वतन्त्रता , लोकतन्त्रको स्थापना , राजतन्त्रको अन्त्य , सामाजिक विसंगति , अव्यवस्था , मानव अधिकार , नारी मुतिm आदिको लडाइमा विगत ३३ वर्षदेखि अनवरत रुपमा नाटकहरुको माध्यमले लड्दै आएको सर्वनाम आफ्नो ३४ वर्षको प्रवेशमा तिनै लडाइहरु मध्ये एउटा लडाइ लड्न आइपुगेको छ मञ्चमा । यत्ति । बा“की, मञ्चको प्रस्तुति आफै बोल्छ । 

परीकल्पना लेखन तथा निर्देशन 

हरेक दिन साँझ ५:१५ बजे 

सर्वनाम थियटर कालिकास्थान, काठमाडौं नेपाल 

निरन्तर अपडेटका लागि: https://www.facebook.com/Sarwanam.Theatre